
पोखरा । गोदावरी नगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
उक्त नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर आफ्ना नगरबासी साग पदक बिजेता खेलाडी र प्रशिक्षकहरु लाई नगद पुरस्कार सहित सम्मान गरेको हो । पदका विजेता खेलाडीलाई नगरका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका हुन ।
सम्मानित हुनेमा उसु तर्फ कास्य पदक बिजेता वडा न ५ का निकेस श्रेष्ठ नगद १ लाख सहि सम्मानित भएका छन भने वडा न ११ का कराते साग प्रशिक्षक कुमीतेका दीपक श्रेष्ठ र वडा १२ का काता प्रशिक्षक गगाराम महर्जन लाई नगद पुरस्कार जनही २ लाख सहित सम्मानित भएका छन ।
१३ औं सागमा नेपालले उसु तर्फ ५ स्वर्ण र करातेमा १० स्वर्ण पदक जितेको थियो ।
