
पोखरा स्पोर्टस । पोखरा महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि १ करोड ५५ लाख विनियोजन गरेको छ ।
पोखरा महानगरकी उपप्रमुख मञ्जु देवी गुरुङले आर्थिक वर्ष २०७८/०७९ का लागि पोखरा महानगरको वजेट प्रस्तुत गर्दै खेलकुदका लागि १ करोड ५५ लाख विनियोजन गरेको बताएकी हुन । बजेट प्रस्तुत गर्दै उपप्रमुख गुरुङले पोखरा म्याराथन र आहा रारा गोल्डकप प्रतियोगिता धरोहरको रुपमा रहेको जनाउँदै यि दुई महत्वपूर्ण प्रतियोगितालाई सहयोगको निरन्तरता सहित महानगरको खेल विकासका लागि १ करोड ५५ लाख विनियोजन गरेको जनाएकी हुन ।
उप प्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै भनेकी छन–“आहारारा गोल्डकप यस सहरको पहिचानको रुपमा स्थापित भइसकेको छ भने पोखरा म्याराथन प्रतियोगितालाई यस सहरको अर्को खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।” प्रस्तुत बजेटमा महानगर खेलकुद समितिले उक्त कार्यहरुको समन्वय गर्नुका साथै सम्बन्धित इकाइलाई आवश्यक सहजीकरण समेत गर्ने उनले जनाएकी छन ।
यसै गरी अन्तर विद्यालय मेयर कप आयोजना गर्नका लागि आवश्यक बजेटको प्रबन्ध गर्नुका साथै विद्यार्र्थीहरुलाई शैक्षिक गतिविधिको अलावा, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्राप्तहुने र भविष्यको लागि खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिएको उप प्रमुख गुरुङले जनाएकी छन ।
