
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङ मनाङ नासोङका वाढी पिडितका लागि राहत लिएर दोश्रो पटक पुगेका छन ।

राखेप सदस्य गुरुङले सोमबार नासोङ पुगेर राहत सामाग्री वितरण गुर्नका साथै त्यहाँबाट केही बाढी पिडितहरुलाई उद्धार गरेर पोखरा ल्याई आफन्तको जिम्मा लगाएका हुन । केही दिन अघिको अविरल वर्षाका कारण मनाङको ताल नासोङ पालिकामा ठूलो क्षती भएको थियो । राहतका लागि पोखरा लगायत केही व्यवसायी र समाजसेवीहरुले सहयोग गरेको राखेप सदस्य गुरुङले बताए ।
राहत र उद्धारका लागि दुई पटक हेलिकप्टर चार्टर गरिएको राखेप सदस्य गुरुङले जानकारी दिंदै भने– “हामीले आज उक्त क्षेत्रमा राहत उपलव्ध गराएका छौं भने ५ जनालाई हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याएर आफन्तको जिम्मा लगाएका छौं ।” उद्धार गरेकाहरुमा जितमाया गुरुङ, राम घले, अनिषा घले, सुमी घले र तिल बहादुर गुरुङ रहेका छन । उनले मनाङको नासोमा अझै पनि राहत र उद्धारको आवश्यक्ता रहेको बताउँदै अझै पनि सहयोगी हातहरु अगाडी आए आफू त्यहाँ राहत लिएर पुग्ने बताए ।
मनाङको नासोङ बाढी पिडितका लागि रामबजार निवासी दिपक बरालले ५० हजार, भरत बरालले २५ हजार, आशिष थापाले ५० हजार, मनाकामना केवलकारको प्रवन्ध निर्देशक राजुबाबु श्रेष्ठ र राजेश कुमार गुरुङले २ लाख, सिम्रिक इएरका प्रवन्ध निर्देशक रामेश्वर थापाबाट एक पटकको रु २ लाख बराबरको हेलिकप्टर चार्टर छुट, तेज गुरुङले १० हजार, श्रीकृष्ण मेशनरीका मोहन प्रसाद ढकालबाट २३ हजार ५ सय बरावरको खाद्य सामाग्री सहयोग गरेका थिए ।
