अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेका एघार खेलाडी, पोखराका गुनमाया र सुभन पनि छनोटमा परे

पोखरा स्पोर्टस । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।

पोखराबाट छनोटमा गुनमायाँ र सुभन । उनीहरु दुवैजना अव्सुल्युट डोजाङका खेलाडी हुन ।

दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

छनोट भएका मध्ये पोखरा अव्सुल्युट डोजाङकी गुनमाया गुरुङ र सुभन गुरुङ रहेका छन । गुनमायाँले ११ वर्ष मुनीको महिला छनोट तर्फको खेलमा प्रथम भएकी थिइन भने सुभन पुरुष ११ वर्ष मुनीको खेलमा प्रथम भएका थिए ।

छनोट भएका अन्य खेलाडीमा कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, मूलपानीका भिजन तामा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसुदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close