खेलकुद महासंघ पोखरा महानगरले दियो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटीले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा ट्राफिक प्रहरीलेले अग्रपंक्तिमाा रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी खेलकुद महासंघले स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो । महासंघले मास्क ५ सय थान, सेनीटाइजर, ग्लोभ्स र २५ कार्टुन मिनरल वाटर उपलव्ध गराएको जनाएको छ ।

खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य तथा पोखरा महानगरका संयोजक खगेन्द्र क्षेत्रीको अगुवाई कास्की ट्राफिक प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक अमृत बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सचिवालय सदस्य क्षेत्रीले नेपाल खेलकुद महासंघको आव्हान, ‘कोभिड–नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको बताए । पहिलो चरणमा अहोरात्र सडकमा खटिदै प्रत्यक्ष जनसम्पर्कमा रहने भएकाले कोभिड संक्रमणको अग्रस्थानमा रहेका ट्राफिक प्रहरीकाहरुको लागि यो स्वास्थ्य सामाग्री प्रदान गरिएको उनको भनाई थियो ।

सो अवसरमा महासंघका जिल्ला सचिब शिव अधिकारी, पूर्ण लालचन, कुमार थिङ र पूर्ण गुरुङको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close