गणेशमान स्मृती राष्ट्रिय कराते चैत्र १५ र १६ गते हुने

पोखरा स्पोर्टस । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने भएको हो । प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ वर्ष मुनी, ८४ वर्ष माथी, एकल काता र टिम काता गरि ९ ईभेन्टस र महिला तर्फ ४५, ५०, ५५, ६१, ६७ वर्ष मुनी, ६८ वर्ष माथी ,एकल काता रटिम काता गरि ७ ईभेन्टस गरि कुल १६ ईभेन्टसमा १६ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता ब्यवस्थित, मर्यादित, अनुशासित, धाँधली रहित, सभ्य र भव्य रुपमा सन्चालन गरि सम्पन्न गर्नका लागि मुल आयोजक समिति र उप–समितिहरु पनि गठन गरिएको छ । उक्त मुल आयोजक कमिटीमा कार्यकम संयोजक बद्रीनाथ श्रेष्ठको अध्यक्षतामा ५ सहस्यहरु धनविर महर्जन, पन्चकुमार महर्जन, प्रितम महर्जन, ओम कृष्ण कायस्थ र सुजना श्रेष्ठ रहेका छन् भने उपसमितिहरुमा समारोह तथा प्रचार प्रसार समिति संयोजकमा गजेन्द्र बहादुर खपाङ्गी, खाना ब्यवस्थापन उपसमितीमा संयोजक धनविर महर्जन, यातायात तथा बसोवास ब्यवस्थापन समिति संयोजक पन्च कुमार महर्जन, निर्णायक संयोजकमा राजेन्द्र कपाली, सुरक्षा तथा स्वयमसेवक ब्यवस्थापन संयोजक प्रितम महर्जन, स्वास्थ्य संयोजक ओम कृष्ण कायस्थ, सुचना तथा प्रविधि संयोजक राजेन्द्र कुमार क्षेत्री र अनुशासन तथा एक्सन समिति संयोजक राम कुमार थारु रहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिव २२ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close