खेलकुद मन्त्री गुरुङले गरे गण्डकी खेलकूद परिषद्को प्रशासनिक भवनको शिलन्यास

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवनको पोखरा रंगशालामा शिलन्यास गरिएको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले एक कार्यक्रमका विच प्रशासनिक भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । उनले भने–“हामीले सबै जिल्लाका पूर्वाधारहरु सम्पतीको खोजी गरीरहेका छौं र ति कस्तो अवस्थामा छन त्यस्को जानकारी समेत लिनेकाम शुरु गरेका छौं ।”

एक साता अघि मात्रै मन्त्रालय सम्हालेका मन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन । पोखरा रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेको प्रती मन्त्री गुरुङले इगित गर्दै भने–“यहाँका खेल पुर्वाधारहरु मनोमानी ढङले चलेका छन भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तीहरुले भुँडी घटाउने ठाउँ ।”

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । उनले जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।

प्रदेश सरकारको रु ४० लाख लागतमा स्टील संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताएका छन । कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने बताउँदै उनले भने–“खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ ।” कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको उनले बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close