आठौंमा सहभागीताका लागि हिंड्यो गण्डकी प्रदेशको व्याडमिन्टन र जुडो खेलाडी टोली

पोखरा, २९ चैत । नेपालगञ्जमा औनपचारिक रुपमा चैत २७ गते बाट सुरु भएको आठौं राष्ट्रिय खेलुकद प्रतियोगितामा सहभागिताका लागि गण्डकी प्रदेशको जुडो र ब्याडमिन्टन टोली शुक्रबार त्यस तर्फ प्रस्थान गरेको छ ।

प्रस्थान गर्नु अघि खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठले बिदाई गर्दै अनुशासित भएर खेल मर्यादा भित्र रही आफ्नो खेल पर्दशन गर्न आग्रह गर्दै उनले भने ‘जितेर राष्ट्रिय गौरवको खेलाडी समेत बनेर फर्कन शुभकामना दिन्छु, तर कुनै पनि खेलाडीले अनुशासनको सिमालाई नाघेको देख्न र सुन्न चाहन्न ।’

घोराही कभर्ड हल दाङमा चैत २८ देखि ४ गते सम्म संचालन हुने व्याडमिन्टन प्रतियोगितामा गण्डकी प्रदेश बाट १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागिता जनाइसकेकी पुनम गुरुङ पनि यो पटकको आठौं राष्ट्रियमा भिड्दैछिन । सिंगल्स, डबल्स र मिक्स डबल्समा गण्डकी प्रदेश बाट बिबेक जिशी, विश्व अधिकारी, भुगोल गुरुङ, बिशाल खड्का, राजिन खडका, सुरेन्द्र हमाल र केबल श्रेष्ठ भिडने भएका छन ।

यसै गरि नेपालगञ्जमा बैशाख १ देखि ४ गते सम्म सञ्चालन जुडोमा महिला र पुरुष गरि ११ सदस्यिय टोली रहेको छ । उक्त टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, तालिम तथम प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उप निर्देशक कृष्ण तिमिल्सिना, डिबी नेपाली लगाएतले बिदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close