गण्डकी प्रदेशलाई खेलकूदको अग्रणी प्रदेश बनाउनु पर्छ–मन्त्री पुन

पोखरा स्पोर्टस ।  गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गण्डकी प्रदेशलाई खेलकूदको अग्रणी प्रदेशको रुपमा उभ्याउन नवगठित प्रदेश खेलकूद परिषद र जिल्ला खेलकूद नेतृत्व सफल हुने विश्वास व्यक्त गरेकी छन ।

मन्त्रालयमा बिहिबार आयोजित गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यहरु र जिल्ला खेलकूद विकास समितीका अध्यक्ष तथा पदाधिकारीहरुलाई मनोनयन पत्र वितरण तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री पुनले उक्त कुरा बताएकी हुन । सो अवसरमा मन्त्री पुनले भनिन–“आफूलाई प्राप्त जिम्मेवारीको वोध गर्दै अघि बढ्न तथा धेरै भन्दा धेरै नागरिकलाई खेलकूदमा आवद्ध गराउन सकेमात्रै सफलता प्राप्त गर्न सक्ने छौं ।”

प्रदेश खेलकूदको अध्यक्ष समेत रहेकी मन्त्री पुनले प्रदेश सरकारले अगाडी सारेका दुई महत्वपूर्ण परियोजना मध्ये हाई अल्टिच्यूड रंगशालाको निर्माण र गल्फ कोर्षका लागि खेलकूद परिषदले पूर्णता दिनेमा आफू विश्वस्त रहेको बताउँदै भनिन–“नैतिक चरित्र र आर्थिक पारदर्शिता भयो भने मात्रै समाजले खेलकूदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने भएकोले त्यसतर्फ सजगताका साथ अघि वढ्न आग्रह गर्छु ।” उनले विद्यालयका शिक्षक तथा जनप्रतिनिधीहरुलाई समेत खेलकूदको मर्मका बारेमा अझै चेतना जागृत गर्न आवश्यक रहेको धारणा अधि सार्दै ५६ वटा पालिकामा एक गाउँ एक खेल मैदानको निर्माण कार्य शुरु भइसकेको बताइन ।

कार्यक्रममा मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले समृद्ध प्रदेशको रुपमा अगाडी वढाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेशको खेलकूदको सम्वद्र्धन र प्रवद्र्धन गर्न नवगठित खेलकूद परिषदले भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेश खेल क्षेत्रकै अग्रज प्रदेश भएकोले पनि सवैलाई समेटेर खेलकूद विकासमा अघि वढ्ने प्रतिवद्धता जनाए । उनले सामाजिक विकास र रुपान्तरणका लागि पनि खेलकूदको अपरिहार्यत रहेको धारणा अघि सार्दै समाजका हरेक अङ्गले खेलकूदको बारेमा चर्चा गर्नु पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नव गठित गण्डकी खेलकूद परिषदका सदस्य दिल बहादुर गुरुङ, खेलकूद महाशाखाका प्रमुख तेज प्रसाद काफ्ले, नव गठित कास्की जिल्ला खेलकूद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँ, पश्चिमाञ्चल क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना, खेलकूद महाशाखाका प्रकाश ओझा लगायतले गण्डकी प्रदेशमा आयोजना हुने नवौराष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य तयारी सँगै खेलकूदका प्रशिक्षण कार्यक्रमहरुलाई समेत अगाडी बढाउने बताएका थिए ।

गण्डकी प्रद्श सरकारले प्रदेश खेलकूद र जिल्ला खेलकूदलाई पूर्णता दिए सँगै अव प्रदेश खेलकूद चलायामान हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close