साग तयारीका लागि २१ खेलको वैदेशिक प्रशिक्षण

पोखरा, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए ।

‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उनले भने । नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ ।

समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरु गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षणमा सहभागी भएको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो ।

साग बन्द प्रशिक्षणमा रहेका खेलाडहिरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्ध समेत हासिल गरेको समितिले जनाएको छ । करताले दक्षिण एसियाली कराते च्याम्पियनसिमपा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको समितिले जनाएको छ ।

विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो । त्यसैगरि चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ । सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्यस सुशिल नरसिंह राणाले बताए ।

डा. प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकोले १३ औं सागमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।

संयोजक रानाभाटले नेपालले तयारीका लागि कुनै कसर बाँकी नराखेको बताउँदै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close