सृजना कप भलिबलको उपाधि भिडन्त आज

पोखरा स्पोर्टस । तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो सृजना कप सामुदायीक मावि छात्र–छात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रातर्फको उपाधिका लागि शान्ता मावि र अमरसिंह मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

विहीबार भएको खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेका उनीहरु शुक्रबार उपाधिका लागि भिड्नेछन् । यसअघी चैत १४ गते शनिबार फाइनल खेल हुने भनिएपनि कोरोना संक्रमण बढेपछि प्रशासनले खेलकुदलगायतका ईभेन्टहरुमाथि प्रतिबन्ध लगाउन सक्ने आशंकामा एक दिन अघि नै प्रतियोगिता सम्पन्न गर्न लागेको सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा विहीबार भएको खेलमा कालिका माविले वाराही माविलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो भने शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई ४–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । छात्रतर्फको सेमीफाइनल खेलमा शान्ता माविले मेश्रम वराह मावि घान्द्रुकलाई २५–२३, १८–२५, २५–२१ र २५–२१ को सेटमा पन्छाउँदा कालिका माविले वाराही माविलाई २५–२१, २५–१५ र २५–१७ ले पराजित ग¥यो ।

त्यस्तै छात्रातर्फ अमरसिंह माविले जनप्रिय माविलाई ४–१ तथा शान्ता माविले छोरेपाटन माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे । सेमीफाइनल खेलमा अमरसिंह माविले जनप्रिय माविलाई २०–२५, २५–१७, २५–२२ र २५–२३ को सेटमा पराजित ग¥यो । अर्को सेमीफाइनल खेलमा शान्ता माविले छोरेपाटन माविलाई २७–२५, २५–२ र २५–११ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगिताको उपाधि बिजेता छात्र–छात्रा दुबै तर्फकालाई ७०–७० हजार, उपबिजेतालाई ३५–३५ हजार र तृतीय हुने विद्यालयलाई २०–२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५–५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १–१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
Aha Rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close