
पोखरा स्पोर्टस । विशाल पौडेललको ह्याट्रिकमा काठमाण्डौमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले जित दर्ता गरेको छ ।
सोमवार सम्पन्न खेलमा गण्डकीले प्रदेश नं १ माथी २ विकेटले जित दर्ता गरेको हो । टस जितेर व्याटिङ रोजेको प्रदेश नं १ लाई धरासायी बनाउन विशालले उत्कृष्ट वलिङ गरेका थिए ।
५० ओभरको म्याचमा २७.४ ओभरमा १०३ रनको स्कोरमा प्रदेश नं १ लाई रोक्ने क्रममा विशालले ६.४ ओभरमा २५ रन दिएर ४ विकेट हात पारे । उनले कसिलो वलिङ गर्दै प्रदेश नं १ का दिपक पासवान, राजन मगर, मनोज तामाङ र हेमन्त राईलाई आउट गरेका थिए । ति मध्ये हेमन्त र मनोजलाई एलबिडव्लु धरापमा पार्दै शुन्य रनमा पेभिलियनको बाटो देखाएका थिए ।
प्रदेश नं १का तर्फबाट मिनाश थापा २२, दिपक पासवान ११, शुभकंर उराउ १२, सिद्धान्त लोहनी २४ र दिपेश कडेंल १० बाहेक अन्यले दोहोरो अंक छुन सकेनन । प्रदेश १ लाई रोक्न शुभाष भण्डारीले ७ ओभरमा ४ मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट हात पारेका थिए भने विपिन खत्रीले २ विकेट लिएका थिए ।
यता जवाफी व्यटिङका लागि उत्रिएको गण्डकीको शुरुवात भने राम्रो हुन सकेन गण्डकी राहुल उपाध्याय हेमन्त राईले वोल्ड गर्दै शुन्य रनमा पेभिलियन फर्काए पनि गण्डकीका अर्का भरपर्दा युवा खेलाडी अर्जुन कुमालले ६८ बलको सामना गर्दै ५ चौकाको मद्धतमा व्यक्तिगत ३५ रन जोडे । गण्डकीका लागि दिपक डुम्रेले ३५ र अभिषेक थापाले १३ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन । गण्डकीलाई १०३ रनको लक्ष्य ८ विकेटको क्षतीमा ३७ ओभरमा भेट्टाएको थियो ।
खेलमा ह्याट्रिय गरेका विशाल म्यान अफ दि म्याच घोषित भएका छन । गण्डकीले मंगलवार कर्णाली प्रदेश सँग भिड्ने टिम म्यानेजर चन्द्र गुरुङ ‘जिमी’ले पोखरा स्पोर्टसलाई बताए ।
