
केशब पाठक / तस्बिरः सुदर्शन रंजित
पोखरा, २० बैशाख । नेपाल इक्वेस्ट्रीयन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्वेस्ट्रीयनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका छन ।

पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले सबैलाई चकित पार्दै लामो समय देखि रामहरि खड्काको नाममा रहेको हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन । उनले नयाँ राष्ट्रिय कृतिमान स्थापित गर्दै ५ फिट ९ इन्चको नयाँ रेकर्ड बनाएका छन ।

स्वर्ण पदक बिजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरी सङ अन्तिम प्रतिष्पर्धा गरेका थिए । अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे । विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरेका छन ।

यसै गरि प्रतियोगिताको सोजोन इभेन्ट तर्फ नेपाली सेनाका ओम प्रकाश यादव स्वर्ण पदक जित्न सफल भएका छन । उनले सोजोन इभेन्टको बाधा दुरी पार गर्न जम्मा १ मिनेट खर्चेका थिए । भने नेपाली सेनाकै जगदिश घिमिरेले १ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र नेपाली सेनाकै मेघ बिक्रम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।

टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्द बहादुर खडकाले स्वर्ण पदक जितेका छन भने भएका छन भने नेपाली सेनाकै ओम प्रकाश यादबले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।
स्थानिय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । साथमा उनले नगद १५ हजार प्राप्त गरे भने नविन पुनले काश्य जित्दै नगद १० हजार र रोहित गौतम काश्य पदक जित्दै नगद ५ हजार प्राप्त गरे ।

महिला तर्फ समेत पर्दशनी खेल भएको थियो । पोखरामा महिला घोडचढी पर्दशनी पहिलो पटक गरिएको आयोजकले जनाएको छ । महिला पर्दशनी सिक्स बारमा भएको इभेन्टमा कबिता थापा, याम कुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएका थिए ।

बिजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, पश्चिम पृतनापती काजी बहादुर खत्री, गण्डकी प्रदेश सांसद ईन्द्रधारा विष्ट, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन संघका अध्यक्ष रबिराज कर्णिकार, महासचिब बलराम श्रेष्ठ लगाएतले पदक, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।





Posted by PokharaSports.com on Friday, May 3, 2019
