पोखरा रंगशालाको बास्केटबल र भलिबल कोर्टमा सोलार लाइट

पोखरा स्पोर्टस । पोखरा रंगशालाको बास्केटबल र भलिबल कोर्टमा राती पनि प्रशिक्षण गर्न मिल्ने गरी सोलार लाइट जडान गरिएको छ ।

यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले दुई वटा खेल मैदान सहित अन्य पाँच वटा खेल पूर्वाधारहरुमा सोलार लाइट जडान गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै भलिबल, बास्केटबल, व्याडमिन्टन, टेनिस, टेवुल टेनिस, मुआथाई हल र स्क्वास हलमा सोलार जडान गरिएको यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले जानकारी दिए ।

https://www.facebook.com/PokharaSport/videos/719558635802333

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई सहज वातावरणमा राती अवेर सम्म पनि प्रशिक्षण गर्न मिल्ने गरी सोलार वत्ति जडान गरिएको बताउँदै आजै बाट नवौंको प्रारम्भिक तयारी सुरु भएको मन्त्री गुरुङले बताए । उनले भने–“सोलार वत्ति जडान पछि खेलाडीलाई धेरै सहजता हुनेछ,” उनले थपे–“अव हामी नवौंको तयारी सुरु भएको सन्देश पनि दिन चाहन्छौं ।”

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष तथा कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले धेरै लामो प्रयास पछि पोखरा रंगशालाको बास्केटबल कोर्टलाई सुधार गरिएको बताउँदै त्यसैको प्रयास स्वरुप सोलार वत्ति समेत जडान गरिएको बताए । “यो हाम्रो लामो समय देखिको प्रयास थियो । हामीले प्यारापिट निर्माण देखि सोलार वत्ति जडान सम्मको कार्य सम्पन्न गरेका छौं” उनले भने–“अव खेलाडीलाई प्रशिक्षण संगै अवेर सम्म पनि खेल्न मिल्ने गरी कोर्टको सुधार भएको छ ।”

यस अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समेत पोखरा रंगशाला परिशरमा पोखरा महानगरको सहयोगमा सोलार वत्ति जडान गरिएको थियो । हाल मन्त्रालयले ४० लाख खर्च गरेर सोलार वत्ति जडान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close