
पोखरा स्पोर्टस । रेष्टुरेन्ट एण्ड वार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुने सडक महोत्सवमा आकर्षणको रुपमा विच भलिवल प्रतियोगिता थपिएको छ ।
रेवान पोखराको आयोजनामा विहिवार अन्तर पर्यटन संस्थाहरु विच भलिवल प्रतियोगितामा पहिलो पटक भिड्ने भएका हुन । पर्यटनलाई खेलकुद सँग जोड्न र खेलकुदका मार्फत पोखरामा पर्यटक भित्राउन सकिन्छ भन्ने सन्देश दिन पनि विच भलिवल प्रतियोगिता थपिएको प्रतियोगिताका संयोजक कृष्ण काफ्लेले बताए ।
महोत्सवमा पहिलो पटक आर्कषणका रुपमा थपिएको विच भलिवलमा अन्तर पर्यटन संघ संस्थाका १३ टिमले प्रतिष्पर्धा गर्ने काफ्लेले पोखरा स्पोर्टसलाई जानकारी दिए । १३ टिम मध्ये डुँगा व्यवसायी समिती सामुदायिक सेवा केन्द्र वैदामले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन ।
पोखराको पर्यटन क्षेत्रको विकासका लागि यो प्रतियोगिता नयाँ आयाम भएको बताउँदै संयोजक काफ्लेले यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने उनले बताए । उनले भने–“यो सुरुवात मात्रै हो, यो प्रतियोगिताबाट नयाँ सन्देश दिन खोजेका छौं ।” पर्यटन संघ संस्थाहरुलाई विच भलिवलबारे थप जागरण दिन एक दिनको मात्रै प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार र दोश्रो हुनेले नगद ८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
समुन्द्री किनारको झल्को दिने गरि युवा तथा खेलकुद मन्त्रालयले गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा करिव ५० लाख खर्च गरि सुविधा सम्पन्न विच भलिवल कोर्टको निर्माण गरेको थियो । तर साग पछि शुरु भएको कोभिड महामारी पछि त्यहाँ कुनै खेल गतिविधी हुन सकेको थिएन ।
