२०औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनलका समिकरण पुरा

पोखरा स्पोर्टस । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा क्वाटरफाइनलका समिरकण पुरा भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पुरा भए संगै अन्तिम चारमा भिड्ने खेलाडीहरुको टुङ्गो समेत लागेको हो । मेन्स ओपन सिंगल्समा नेपाल नं १ बरियता खेलाडी प्रदिप खडका, भारतिय खेलाडी अभिनन्सु ठाकुर, पूर्व नेपाल नं १ सम्रक्षक भूषण बज्रचार्य र ऋतिक रानाले शनिबार हुने सेमीफाइनलमा स्थान पक्का गरे ।

सेमीफाइनलमा नेपालका नं १ बरियता प्रदिपले भारतिय खेलाडी अभिनन्सु संग भेट पक्का गरेका छन् भने सम्रक्षकले आशिष खडका विरुद्ध सेमीफाइलमा भिड्ने छन् । प्रदिपले प्रणव मानन्धरलाई ६–१, ६–४ र अभिनन्सुले सम्यक बज्रचार्यलाई ५–७, ६–२, ६–४ ले पाखा लगाउँदै अन्तिम चारको तय गरेका हुन् । त्यसै गरी सम्रक्षकले निशान श्रेष्ठलाई ६–१, ६–० ले तथा ऋतिक रानाले आशिष खड्का लाई ७–६, ६–४ ले पराजित गरी अन्तिम चारको स्थान पक्का गरेका हुन् ।

त्यसै गरी महिला सिंगल्समा नेपाल नं १ महिला खेलाडी अभिलाषा विष्टले शुभाङ्गी शाहलाई ६–१, ६–२ को सोझो सेटमा हराउँदै सेमीफाइनलको यात्र तय गरिन भने एक अर्को खेलमा माहिका रानाले आयुषा गुरुङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेकी छन् । सुमिरा थापाले पोखरेली खेलाडी श्रेया भट्टराईलाई ६–१, ६–० ले र रोयना शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–२ को सोझो सेटमा पराजित गरी अन्तिम चारको यात्रा गर्न सफल भइन् ।

त्यस्तै मेन्स डबल्सतर्फ सम्रक्षक र सम्यकको जोडीले प्रवण मानन्धर र राजविर प्रधानको जोडीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरी उपाधि नजिक पुग्दा अभिनन्नसु र शिद्धान्तको जोडीले ऋतिक राना र निशान श्रेष्ठको जोडीलाई टाइव्रेकरमा ५–७, ६–४ र १० ले पराजित गरी उपाधि नजिक पुगेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ३५ वर्ष माथी सिंगल्समा नेपालका पूर्व नं १ खेलाडी जितेन्द्र परियारले सञ्जय श्रेष्ठलाई ६–०, ६–० ले पराजित गर्दा सन्तोष खत्रीले दावा शेर्पालाई ६–२, ६–३ ले, अनिल शाहीले सिमान्त गुरुङलाई ६–०, ६–३ ले, कमल भण्डारीले भिष्म गुरुङलाई ६–१, ६–४ ले पराजित गरी सेमीफाइलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत नै भएको ४५ वर्ष माथीको क्वाटरफाइनलमा पोखरेली खेलाडी गोपी भट्टराईले मछिन्द्र थापालाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरेका छन् भने महेश श्रेष्ठले छेवाङ लामालाई ६–४, ६–४ ले, रोहित सुनुवारले माहादेव भण्डारीलाई ६–३, ६–३ ले, प्रदिप शाहले उत्तम बोगोटीलाई ६–४, ६–१ ले पराजित गरी अन्तिम आठको यात्रामा आफूहरुलाई शुरक्षित गरेका छन् ।

मनोज राणा र विकास राणाको जोडीले ६५ वर्ष माथी डबल्समा फाइनलमा स्थान बनाएका छन् । शुक्रबार भएको सेमीफाइलनको संघर्षपूर्ण म्याचमा ध्रुव गुरुङ र विदुर विष्टको जोडीलाई टाइव्रेकरमा ४–२, ०–४ र ७–२ ले पराजित गरी फाइनल यात्रा शुरक्षित गरेका छन् ।

त्यसै गरी ५५ वर्ष माथीको प्रतिस्पर्धामा बिमल गुरुङले धरम लामिछाने माथी टाईव्रेकरमा ६–७, ६–३ र १०–५ को जित निकाल्दै सेमीफाइनलमा यात्रा शुरक्षित गरेका छन् । त्यसै गरी तोङवाङ तुलेश्वरले पञ्च बहादुर पुनलाई ६–२, ६–२ ले, समिर शेरचनले राम रानालाई टाइव्रेकरमा ६–४, १–६ र १०–७ ले पराजित गर्दा जिवन घिमिरेले डियोनम लामालाई वाक ओभर दिएका छन् ।

५५ वर्ष माथीको डबल्समा कृष्ण राज घले र सूवर्ण ढाक्वाको जोडीले अनिल तुलाचन र राजकुमार गुरुङको जोडीलाई ६–०, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका छन् । उनीहरु विमल गुरुङ र ज़ोली टार्गेन संग फाइनलमा भिड्नेछन् । विमल र सोलीले जिवन घिमिरे र सुदर्शन विष्टलाई ६–४ र ७–६ को सोझो सेटमा सेमीफाइनलमा पराजित गरेका थिए ।

४५ वर्षमाथीको डवल्समा आशिष सिग्देल र निमा लामाको जोडीले विकास र शरणको जोडीलाई ६–४, ६–२ ले हराउँदै फाइनल यात्रा तय गरे । उनीहरुले चन्द्र शाही र महेश श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । फाइनल यात्रा तय गर्न उनीहरुले धर्म लामिछाने र गोपी भट्टराई जोडीलाई ६–२, ६–२ को सोझो सेटमा हराएका थिए ।

३५ वर्ष माथीको डबल्समा अनिल शाही र सिमान्त गुुरुङको जोडीले सन्तोष खत्री र दावा शेर्पाको जोडीलाई टाइव्रेकरमा ७–५, २–६ र १०–६ ले पराजित गरी फाइनलमा पुग्दा अर्को जोडी जितेन्द्र परियार इलम दिक्षितको जोडीले कमल भण्डारी र अमित गुरुङको जोडीलाई ६–३, ७–५ ले पराजित गरी उपाधि होडमा पुगेका छन् ।

कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेका अनुसार प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार सिंगल्सतर्फ सबै इभेन्टमा सेमीफाइनल र डबल्सतर्फ फाइनल खेलहरु सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close