नेकोस कास्कीको संयोजकमा पोखरेल

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासघ कास्कि जिल्ला अधिवेशन आयोजक कमिटीको सयोजकमा दुर्गादत पोखरेल चयन भएका छन् ।

नेपाल खेलकुद महासघ कास्की भूगोल भएका केन्द्रिय कमिटी सदस्य तथा प्रदेश कमिटीका पदाधिकारी सदस्यहरुको उपस्थितीमा पोखरेललाई सयोजकमा चयन गरिएको हो । अधिवेशन आयोजक कमिटीको सहसंयोजकमा पोखरा–१६ का प्रमोद थापा, सचिवमा रुपा–२ का शिबराज सुवेदी, उपसचिबमा पोखरा– २६ का धुर्ब थापा तथा कोषाध्यक्षमा पोखरा १७ का शिबेन्द्र भन्डारी चयन भएका छ्न ।

नबगठित जिल्ला अधिबेशन आयोजक कमिटीका पदाधिकारीलाई नेपाल खेलकुद महासघ केन्द्रिय अधिबेशन आयोजक कमिटीका सचिवालय सदस्य एवम गण्डकी प्रदेश ईन्चार्ज ऋषिराम गौतमले सपथ ग्रहण गराएका छन् । नेपाल खेलकुद महासघ जिल्ला कमिटी कास्किको पदाधिकारी पद लामो समय देखि विविध कारण रिक्त थियो । उक्त पदपुर्ती गर्दै यथासिघ्र अधिवेशन आयोजना गरी कमिटी चयन गर्न प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन बमोजिम आयोजक कमिटी गठन भएको गण्डकी प्रदेश कमिटीका उपसचिव तथा संगठन बिभागका उपप्रमुख बोधराज गिरीले जानकारी दिए ।

सम्पन्न बैठकलाई नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मान बहादुर गुरुङ, नेपाल खेलकुद महासंघका निबर्तमान उपमहासचिव तथा गण्डकी प्रदेश कमिटी इन्चार्ज ऋषिराम गौतम, केन्द्रिय कमिटी सदस्य तथा गण्डकी प्रदेश कमिटी अध्यक्ष बिष्णु पुन, केन्द्रिय कमिटी सदस्य एवम कास्की जिल्ला इन्चार्ज राजन सुवेदी, गण्डकी प्रदेश कमिटी सचीव शिब प्रसाद अधिकारी, उपसचिब बोधराज गिरी, कोषअध्यक्ष तोरण बहादुर बानियाँ, सचिवालय सदस्य नरेन्द्रनाथ ढुंगाना लगाएतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close