फुटबलका सागर मनास्लु कलेजको ब्रान्ड एम्बासडर

पा्ेखरा । मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन । सम्झौता एक वर्षका लागि गरिएको हो ।

कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको बताएका छन । प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउदै खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न मनास्लु सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्ध जनाए ।

पूर्व कप्तान थापाले टिमसंग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन । भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिप अन्तरगत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेश विरुद्ध खेलको अन्तिम समयमा फ्रिकिक मार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो ।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । मनास्लुले फुटबलका साथै बास्केतबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close