
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्यहरुलाई स्वागत गरिएको छ ।
कर्मथलो युकेबाट मातृभूमी आएका मञ्चका आजिवन सदस्य तथा संस्थापक कोषाध्यक्ष लोक गुरुङ, आजिवन सदस्य तथा समाजसेवी योगेश गुरुङ र आजिवन सदस्य नरजङ गुरुङलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आगामी फागुन ६ गते हुने १७ औं सस्करणको पोखरा म्याराथनलाई सफल बनाउन आग्रह गर्दै विदेशबाट म्याराथन सफल बनाउन प्राप्त सद्भाव र सहयोगले नै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको उल्लेख गरे ।
विदेशबाट आफ्नो पारिवारिक लगायत सामाजिक कार्यकालागि आएका आजिवन सदस्यहरुलाई स्वागत गर्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले सबैको सहयोगले नै मञ्चले आफ्नो गौरव बढेको बताए । उनले पोखरा म्याराथन सफल बनाउने मात्रै नभई यसले विभिन्न समयमा गरेका सामाजिक कृयाकलापले नै मञ्च प्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आकर्षण बढेको बताउँदै केही वर्ष यताबाट पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अन्तर्राष्ट्रिय धावकहरुको सहभागिता बढ्दै गएको बताए ।
सो अवसरमा मञ्चका आजिवन सदस्य तथा समाजसेवी योगेश गुरुङले विदेशमा बस्ने नेपालीहरुको पोखरा म्याराथन प्रति आर्कषण बढेको बताए । उनले पोखरा म्याराथनका लागि अभियान अन्तर्गत संकलित रकम १० हजार रुपैयाँ कोषाध्यक्ष महेश पौडेललाई हस्तान्तरण समेत गरेको छन् । उनले यूवा खेलाडी उत्पादन गर्न अभियानबाट उठेको रकम सहयोगी हुने समेत बताए ।
कार्यक्रममा मञ्चका सल्लाहकार महेश गुरुङ, आजिवन सदस्य नरजङ गुरुङ, महासचिव कृष्ण तिमिल्सिना लगायतले आफ्ना भनाई राखेका थिए ।
