
पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङको अनियमितता छानविन समितीका संयोजक एवम एन्फा उपाध्यक्ष विर बहादुर खड्काले प्रतिवेदन आज एन्फा केन्द्रमा वुझाएका छन ।
संयोजक खड्काले एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन वुझाएका छन । संयोजक खड्काले अध्यक्ष शेर्पा, महासचिब इन्द्रमान तुलाधर र प्रवक्ता किरण राईको रोहवरमा छानविनको प्रतिवेदन बुझाएका हुन । अध्यक्ष शेर्पाले प्रतिवेदन वुझेपनि आइतबारबाट मात्रै अध्ययन थाल्ने संयोजक खडकाले जनाएका छन । संयोजक खड्काले भने–“मैले काम सकेर प्रतिवेदन बुझाएको छु अध्यक्षज्युले आइतबारबाट अध्ययन थाल्ने भन्नुभएको छ ।”
एन्फा कास्कीको इतिहासमा पहिलो पटक करिव ११ दिन लगाएर एन्फा कास्कीमा भएको अनियमितता बारे छानविन गरेपछि संयोजक खड्काले कार्वाही गर्ने प्रशस्त आधार रहेको बताएका थिए । उनले भनेका थिए–“हामी कसैको प्रलोभन वा दवावमा यो छानविन गरेका छैनौ, जस्ताको तस्तै छानविन भएको छ, कार्वाही गर्ने आधार भएपनि यो अधिकार केन्द्रिय समितीमा निहित छ ।”
यता एन्फाका प्रवक्ता किरण राईले संयोजक खडकाले छानविनको प्रतिवेदन वुझाउने काम मात्रै भएको बताए । उनले भने–“अहिलेनै सबै कुरा भनिहाल्ने स्थितीमा म छैन, कहिलेबाट अध्ययन शुरु हुन्छ अहिलेनै नभनौ समय आएपछि सबै कुरा सार्वजनिक गर्नेछौ ।” उनले अध्ययन पछि कार्वाहीको अधिकार भने केन्द्रिय समितीमा रहेको भन्दै उपाध्यक्ष खडकाकै कुरा दोर्हाए । उनले छानविन टोलीले लाहाछाप लगाएर प्रतिवेदन बुझएकोले पनि सबैको रोहवरमा मात्रै खोलिने बताए ।
एन्फा कास्कीमा भएको अनियमितता छानविन समितीमा संयोजक खडका सहित एन्फा कास्कीका पुर्व अध्यक्ष आनन्द रञ्जित र लेखा परिक्षक विष्णु प्रसाद पराजुली सदस्य रहेका थिए ।
छानविन टोलीले आफ्नो काम सकेपनि पुनः एन्फा कास्की विरुद्ध अख्तियारमा अर्को उजुरी परेको जनाइएको छ ।
यो पनि पढनुस
‘हामीले छानविन पुरा गर्यौं, कारवाही गर्ने प्रयाप्त आधार छन’– उपाध्यक्ष खड्का
