
पोखरा स्पोर्टस । पोखरा २५ हेमजा स्थित दि अम्मट विच रिर्सोट प्रालीले फुटबल विकासका लागि गठन गरेको आर.एस विच फुटबल क्लवले ‘प्रथम फाइभ ए साइड फुटबल’ आयोजना गर्ने भएको छ ।
नेपालीहरुको महान पर्व दशैैंको अवसर पारेर यहि असोज २१ देखि २६ गते आफ्नै मैदानमा आयोजना गर्ने भएको हो । सो बारे जानकारी दिंदै क्लवका अध्यक्ष रमेश कार्कीले प्रतियोगितामा ७० भन्दा वढी टिमको सहभागिता हुने भएका छन ।
प्रतियोगितामा खुल्ला, ३५ वर्ष माथी र १४ वर्ष मुनी गरी तिन छुट्टा–छुट्टै क्याटोगरीमा प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा खुल्ला तर्फ विजेतालाई नगद रु ३५ र द्वितिय हुने टिमलाई २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा ३५ वर्ष माथीको टिम विजेतालाई नगद २० हजार र उपविजेतालाई १२ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष कार्कीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा दर्ता शुल्क वापत ३ हजार ५ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । पोखरा २५ हेमजा स्थित दि अम्मट विच रिर्सोट प्रालीले नेपालमा नै पहिलो पटक विच फुटबलको पूर्वधार तयार गरी सञ्चालनमा ल्याएको छ ।
