​बेनीमा सम्पन्न ‘रोइला कप ब्याडमिन्टन’मा सरोज र इशानको जोडी च्याम्पियन

पोखरा स्पोर्टस । म्याग्दीको बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय रोइला कप ब्याडमिन्टनमा सरोज गुरूङ र इशान खडका को जोडी च्याम्पियन भएका छन् । जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा ‘बी’ लेभलतर्फ डबल्समा सरोज गुरुङ र इशान खड्काको जोडी च्याम्पियन  बनेको हो ।

उपाधि संगै सरोज र इशानको जोडीले नगद रु ४५ हजारका साथमा ट्रफी, मेडलतथा प्रमाणपत्र हात पारेको छ । उनीहरुले फाइनलमा प्रवेश मगर र विमल कुमालको जोडीलाई पराजित गरेको हो । उपबिजेताले नगद ३० हजार प्राप्त गरे ।

सोही क्याटोगरीमा नविन बुढा र दिलेन्द्र पुनको जोडी तथा देवान थापा र दिपेन राईको जोडीले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले समान नगद रु १० हजार हात पारे ।

त्यस्तै ‘सी’ लेभल जिल्लास्तरीय तर्फ सुदिप श्रेष्ठ र रियान श्रेष्ठ बिजेता बने । उनीहरुको जोडीले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा सचिन शाक्य र भरत खड्काको जोडी उपविजेता बन्दै नगद रु १५ हजार प्राप्त गरे । सो प्रतियोगितामा अनिष भण्डारी र रविन गर्बुजा तथा विज्ञान भण्डारी र विवश पुनको जोडीले तेस्रो स्थान ५–५ हजार नगद प्राप्त गर्न सफल रहे ।

प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको आयोजक म्याग्दी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close