गण्डकी प्रदेश र शसस्त्र प्रहरी पुरुष ह्याण्डबलको फाईनलमा भिड्ने

पोखरा, ९ वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेश फाइनलमा प्रबेश गरेको छ ।

नेपालगञ्ज रंगशाला परिसरमा आज (सोमबार) भएको पहिलो सेमिफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई १० को बिरुद्ध २२ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा यात्रा तय गरेको हो ।

गण्डकीको जितमा दिनेश श्रेष्ठ र शरन थापाले समान ७ गोल गरे । त्यसै गरी सन्तोष श्रेष्ठले ६ गोल गरे भने पवन छन्त्यालले खेलको एक मिनेटमै पहिलो गोल गरेका थिए । स्वर्ण पदकको लागि गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफसंग मंगलबार दिउँसो करिब ३ बजे पछि प्रतिष्प्रर्धा गर्ने भएको छ ।

त्यसै गरी दोश्रो सेमिफाईनल खेल दुई विभागिय एपिएफ बिरुद्ध आर्मी बिच सम्पन्न भयो । एपिएफले त्रिभुवन आर्मीलाई ३२–२६ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । एपिएफका लोकेन्द्र चन्दले सर्वाधिक ९ गोल गरे ।

यसैबिच सोमबार, बाँकेको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको पहिलो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो ।

आर्मीको जितमा कविता राईले सर्वाधिक १० गोलको योगदान दिइन्। त्यसै गरी दोस्रो सेमीफाइनलमा खेलमा विभागीय सशस्त्र प्रहरी वलको एपीएफले गण्डकी प्रदेशलाई २२–४ को फराकिलो गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । एपीएफको जितमा देवी श्रेष्ठले सर्वाधिक ७ गोलको योगदान दिइन् ।

नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङका अनुसार मंगलबार विहान ७ः३० बजे देखि तेश्रो स्थानको लागि महिला तथा पुरुष तर्फको खेल हुने भएको छ । महिला तर्फ तेश्रो स्थानको लागि गण्डकी प्रदेश बिरुद्ध प्रदेश नम्बर १ बिच खेल हुने भएको छ भने पुरुष तर्फ तेश्रो स्थानको लागि विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश नं ३ बीच हुने भएको छ ।

मंगलबारका सबै खेल नेपालगन्ज रंगशाला परिसरमा हुने भएको रेफ्रि कमिटिका संयोजक विकास खनालले बताए । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close