ढुङ्गे साँघुको मेलामा २१ औं माछापुच्छ्रे फुलकन्ट्यकाट कराँते प्रतियोगिता

पोखरा, पोखरामा माघे सक्रान्तीको अबसरमा लाग्ने ऐतिहासिक ढुङ्गे साँघुको मेलामा “२१ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुवेदार मेजर धन बहादुर गुरुङ स्मृती कप–२०७६” हुने भएको छ ।

प्रतियोगिताका आयोजक नेपाल स्ट्रोङगेष्ट क्युुकुसिन कराते संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर नेपालीले प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश नं ५ का गरि १५० भन्दा वढी खेलाडी प्रतियोगितामा सहभागिता हुने जानकारी दिए ।

प्रतियोगितामा पुरुष ३० केजी तौलमा ३५ जना, ४० भन्दा मुनी तौलमा ३२ जना, पुरुष ५० केजी तौल भन्दा मुनीमा ३६ जना, पुरुष खुल्ला तर्फ ३० जना, महिला ४५ भन्दा मुनी तौलमा १६ र महिला खुल्ला तर्फ १६ जनाले सहभागिता जनाउने छन ।

विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका संरक्षक तथा मुख्य प्रशिक्षक शिव बहादुर गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च लाग्ने प्रतियोगिताका संयोजक विजय कुमार आले मगरले जानकारी दिए । प्रतियोगितामा अन्य रोमाञ्चक प्रर्दशनी खेलहरु समेत हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close