पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड : ५ किमितर्फ बादल र नारायणी बिजेता

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौड ५ किलोमिटर छात्रतर्फ कास्कीका बादल कार्की र नारायणी भण्डारी बिजेता बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडमा छात्र/छात्राहरुको प्रोत्सहानका लागि आयोजित दौडमा उनीहरु बिजेता बनेका हुन् । ५ किमि दौड बादलले १४ मिनेट ५७.३ सेकेण्डमा पुरा गरे । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोर्डनाइज्ड र नारायणी छोरेपाटन मावीमा अध्ययनरत छन् ।

त्यसै गरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भएका छन् । कृष्णले उक्त दौड १५ मिनेट ०१.४ सेकेण्डमा पुरा गरे भने रमेशले १५ मिनेट १४.४ सेकेण्डमा पुरा गरेका हुन् । दोस्रो भएका कृष्णले नगद रु २५ हजार र तेस्रो हुने रमेशले नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

छात्रतर्फनै जुम्लास्थित चन्दननाथ माविका यूवक राज बुढा चौथो, त्रिवेणी पब्लिक कास्कीका अमृत बिक पाँचौ र छोरेपाटन माविका तेन्जन रोक्का मगर छैटौं स्थान प्राप्त गर्दै जनही नगद रु १०/१० हजार प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा छात्रातर्फ कालिका माविकी स्विकृती कार्की दोस्रो हुँदा धनकुटास्थित श्री सिंहेश्वरी माविकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमश नगद रु २५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अमरसिंह मावीकी रक्षा फगामी चौथो, गौरीशंकर मावीकी कविता मगर पाँचौ र श्री मेघराज मावीकी एन्जिला जिटी छैटौं स्थान प्राप्त गर्दै जनही नगद रु १०/१० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

छात्र/छात्रा दौडमा विभिन्न विद्यालयका ५ सय बढिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । उनले सो अवसरका बोल्दै चिन र नेपाल बिचको सम्वन्धलाई बलियो बनाउन आयोजित क्रस कन्ट्रि दौडले पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसै बिच गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित उक्त दौडको उद्घाटन कार्यक्रममा चिन सरकारले आफ्नो राजदुतावास मार्फत राष्ट्रिय खेलकुद परिषदलाई खेलकुद सामाग्री खरिदका लागि ७२ लाख नगद चेक हस्तान्तरण गरेको छ ।

प्रतियोगिता अन्तर्गत क्रसकन्ट्रि च्यालेन्ज इण्डिभिजुअल र टिम इभेन्टको प्रतिस्पर्धा भने जारी रहेको छ । जसमा १८५ भन्दा बढि नेपाली र चिनियाँ धावकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close