
पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको अवलोकन भ्रमण गर्ने भएका छन ।
प्रधानमन्त्री ओली यहि फागुन १७ गते नेकपा प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्वोधन गर्न पोखरा आएको बेला पोखरा रंगशालाको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीले पोखरा रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भए पछि जिल्ला स्थित शुरक्षा समितीले शनिवार पोखरा रंगशालाको प्रारम्भिक निरिक्षण गरेको छ ।

प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरिक्षण गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले नवौं राष्ट्रिय खेलकुद तयारी लगाएत पोखरा फुटबल स्टेडियमको कामलाई गति दिन समेत प्रधानमन्त्रीको भ्रमणले उत्साह जाग्ने बताए । उनले भने–“प्रधानमन्त्री ज्यूको भ्रमणले पोखरा रंगशालाको निर्माणको कार्यलाई गतिदिन तथा स्विमिङ पुल र शुटिङ रेन्जको निर्माण प्रक्रिया समेत अघि बढ्छ ।”
प्रधानमन्त्री केपी ओलीले पोखरा रंगशाला अवलोकन गर्ने भएपछि राखेप सदस्य गुरुङ यसो भन्छन–
राखेप सदस्य गुरुङले छोटो समयका लागि भए पनि प्रधानमन्त्रीलाई पोखरा रंगशाला भ्रमण गर्नुले पनि पोखरेली खेल जगतमा उत्साह छाउने समेत बताए । उनले भने–“उहाँ खेलकुदको संरक्षक भएकोले पनि उहाँको पोखरा रंगशालाको भ्रमणले खेलकुद जगतमा उत्साह छाउने छ भने पोखरेली खेलप्रेमीहरुमा नवौंको तयारीका लागि नयाँ सन्देश जानेछ ।” “उहाँले खेलकुदलाई नजिकबाट चिन्ने मात्रै नभई खेलकुदका लागि दिएको मागदर्शनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) ऐतिहासिक रुपमा भव्य र सफल रुपमा सम्पन्न भएको दृष्टान्त हाम्रा सामु छर्लङ्गनै छ”–उनले थपे ।
यता शुरक्षा समितीले प्रधानमन्त्री ओलीले पोखरा रंगशाला अवलोकन गर्ने भए पछि आफ्नो तर्फबाट पुरै शुरक्षाका लागि तयारी गरिएको जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्की प्रहरीका प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठ, कास्कीका अनुशन्धानका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरीका प्रमुख लगाएतले पोखरा रंगशालाको निरिक्षण गरी शुरक्षाको तयारी गरेको छ ।
गत २०७७ फागुन २० देखि २७ गते सम्म गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद कोभिड १९ महामारीका कारण रोकिएको थियो । खेलकुदको नयाँ ऐन अनुसार गठित राखेपको वोर्डले पूर्णता पाउन नसक्दा नवौंको नयाँ मिति समेत घोषणा हुन सकेको छैन । यसै गरी पोखरा रंगशालामा १ अर्व २८ करोड ५० लाखमा निर्माण भइरहेको फुटबल स्टेडियमको समेत बजेट अभावले पूर्णता पाउन सकेको छैन भने वजेट अभावकै कारण पोखरा रंगशालामा निर्माण हुने भनिएको हिटिङ स्विमिङ पुल र शुटिङ रेन्जको राखेपले टेन्डर आह्वान सहुन नसकी अलपत्र अवस्थामा रहेको छ ।
प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल आइतबार पोखरा आउने भएका छन ।
Pokhara Marathon Advt
