१३ औं काठमाण्डौ म्याराथनको सम्पूर्ण तयारी पुरा

पोखरा, प्रोस्पोर्टस्को आयोजनामा शनिबार हुने १३ औं काठमाण्डौ म्याराथनको सम्पूर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन गरि जानकारी गराईयो ।

काठमाण्डौ उपत्यकालाई म्याराथन मार्फत बिश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पु¥याउने उद्धेश्यले सुरुवात गरिएको काठमाण्डौ म्याराथन १३ औं संस्करण सम्म आईपुगेको छ ।

डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजनको रुपमा लिईन्छ । अफ सिजनमा पनि नेपालमा पर्यटक भित्राउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्धेश्यले यस बर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराईन् ।

१२ औं संस्करण सम्म सफलतापूर्वक सम्पन्न गर्दै गर्दा कुनै पनि सरकारी निकाय र उपत्यकाका स्थानिय सरकारले अपनत्व नदिएकोमा यस बर्ष प्रदेश नं. ३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको र काठमाण्डौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिंदै आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता लिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ कि.मि. खुला दौड, ५ कि.मि. छात्र तथा छात्रा दोड र ३ कि.मि. ह्विलचियर दौड रहेको छ । यस पटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमिली रन पनि समावेस गरिएको छ । नेपालमानै पहिलो पटक टाईम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएका छन् ।

सम्बृद्ध नेपालको उच्च नारा लिएर हिडेको सरकारले यस म्याराथनलाई प्रदेश ३ सरकारले अपनत्वप ग्रहण गरेको म्याराथनका माध्ययमले नेपाललाई बिश्व मञ्चमा पहिचान गराउँदै खेल पर्यटन मार्फत आर्थिक समृद्धिमा समेत टेवा पु¥याउन सहज हुने प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

बिश्वका विभिन्न चर्चित र सफल म्याराथन जस्तै यस म्याराथनमा पनि अधिक भन्दा अधिक बिदेशी खेलाडीहरुलाई सहभागि गराउँदै सोहि स्तरमा पु¥याउने उद्धेश्यले विभिन्न देशमा प्रचार प्रसार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । म्याराथन, हाफ म्याराथन तथा ५ कि.मि. दौडका लागि ५ हजार खेलाडीहरु अपेक्षा गरिएको र हाल सम्म ५० बिदेशी खेलाडीहरुले नाम दर्ता गरिसकेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राईले जानकारी गराईन् ।

म्याराथनलाई प्रदेश ३ सरकार र काठमाण्डौ महानगरपालिकाले ५–५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close