च्यारिटीका लागि दौडे रेडिङ बुद्धिष्ट गुम्बाका महिलाहरु

पोखरा, २९ असार । यूके स्थित बुद्धिष्ट गुम्बाका रेडिङका महिलाहरु क्यान्सर रोग विरुद्ध कार्यरत यूकेको संस्था क्यान्सर रिसर्चको सहयोगार्थ दौडमा सहभागि भएका छन ।

यूके रेडिङ स्थित प्रोष्पेक्ट पार्कमा आयोजना भएको च्यारिटी दौडमा उक्त संस्थाका ४७ जना नेपाली महिलाहरु ५ किलोमिटर दौडमा सहभागिता जनाएको वुद्धिष्ट गुम्बा रेडिङका महासचिब एवम समाजसेवी कमल गुरुङले जानकारी दिएका छन ।

‘रेस फर लाइफ’ भन्ने उद्घोषका साथ भएको उक्त दौडमा सहभागी महिलाहरुलाई हौसला दिन वुद्धिष्ट गुम्बा रेडिडका अध्यक्ष ई.खेम बहादुर गुरुङ, उपाध्यक्ष नर बहादुर गुरुङ, महासचिब कमल गुरुङ, लगाएत रेडिङ स्थित ज्येष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमा राज कुमारी गुरुङले  संयोजकको भूमिका निर्वाह गर्दै नेपाली महिलाहरुलाई नेतृत्व प्रदान गरेकी थिइन भने मिन कुमारी गुरुङले सहभागिहरुलाई खाजाको व्यवस्था गरेकी थिइन ।

क्यान्सर रोग बिरुद्ध सचेतनाका लागि गरिएको कार्यकममा वुद्धिष्ट गुम्बा रेडिडको तर्फ बाट संयोजक राज कुमारी गुरूड अध्यक्ष ई.खेम बहादुर गुरुङ, उपाध्यक्ष नर बहादुर गुरूड, महासचिब कमल गरुड़बाट करिब ९ सय १७ पाउण्डको चेक क्यान्सर रिसर्च यूकेका प्रतिनिधीलाई हस्तांन्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close