
पोखरा, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।

अध्यक्ष गुरुङ नेपाल ओलम्पिक कमिटीको गरिमामय उपाध्यक्ष पदमा निर्वाचित भएको भन्दै उदयपुरका दुई अलग–अलग संस्थाले सम्मान गरेको हो ।
पोखरामा एक कार्यक्रमका बिच जिल्ला ह्याण्डबल संघ उदयपुर र चौदण्डी नगरपालिका बेलटार उदयपुरले ले सम्मान गरेको हो । संघका तर्फ बाट अध्यक्ष शम्भू पौडेलले सम्मान गरेका थिए । उनी नेपाल ह्याण्डबल संघका पूर्व उपाध्यक्ष समेत हुन ।
त्यसै गरि चौदण्डी नगरपालिका बेलटार उदयपुरले समेत अध्यक्ष गुरुङलाई सम्मान गरेको छ । उक्त पालिकाका प्रमुख खगेन्द्र राईले नगरपालिका तर्फ बाट सम्मानपत्र र दोसल्ला र खादा सहित सम्मान गरेका छन । उनी पूर्व राष्ट्रिय खेलाडी समेत हुन ।
अध्यक्ष गुरुङलाई सम्मान गर्न उदयपुरको एक टोली पोखरा आइपुगेको थियो ।
