पोखराका दर्शिल आइटिएफ एशिया यू–१२ टेनिसमा छनोट

पोखरा स्पोर्टस । आईटीएफ एशिया १२ एन्ड अन्डर टिम कम्पिटिसनका लागि पोखराका दर्शिल श्रेष्ठ छनोट भएका छन । उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका हुन ।

नेपाल टेनिस संघले आयोजना गरेको छनोटबाट नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका छन् । जसमध्ये पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र पोखराबाट दर्शिल श्रेष्ठ छनोट भएको टेनिस संघले जनाएको छ । महिलामा शिभाली गुरुङ र मान्सा कँडेल छानिएका छन ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा साउन २७ देखि २९ गतेसम्म भएको छनोटको पुरुषमा ६ र महिलामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिता यूवा खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा अघि बढ्ने ढोका मानिन्छ ।

पाकिस्तानको इस्लामाबादमा हुने उक्त प्रतियोगिता दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता हो । यस प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ राष्ट्रले काजाकस्तानमा नोभेम्बर २२ तारिखदेखि हुने प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्ने छन् । पाकिस्तानमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी हुन नेपाली टोली सेप्टेम्बर ११ मा इस्लामाबाद पुग्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close