१३ औं साग तयारीमा रहेको ह्याण्डबल टोलीलाई माई होटलले दियो खेल पोशाक

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीमा रहेको नेपालको राष्ट्रिय ह्याण्डबल पुरुष टोलीलाई पोखरा लेकसाइड स्थित माई होटलले खेल पोशाक उपलव्ध गराएको छ ।

खेल पोशाक खेलाडीलाई हस्तान्तरण गर्दै कास्की जिल्ला समन्वय समितीका सदस्य एवम पर्यटन व्यवसायी तोरण बहादुर बानियाले ह्याण्डबल खेलाडीलाई सागमा बिजयीको शुभकामना व्यक्त गरे ।

माइ होटल पोखराका संचालक समेत रहेका बानियाले पोखरामा हुने ह्याण्डबल खेल मार्फत राष्ट्रको गौरव बढाउन खेलाडीलाई आग्रह गर्दै खेलकुद र पर्यटन विचको सम्बन्ध बलियो बनाउन आफ्नो तर्फ बाट खेल पोशाक उपलव्ध गराएको बताए । उनले सबैलाई पोखरामा हुने साग खेलकुदलाई सहयोगका साथै सफल पार्न आह्वान समेत गरे ।

सो अबसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले माई होटललाई हार्दिक आभार व्यक्त गर्दै खेलाडीलाई जोश र जाँगरका साथ खेलमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close