
पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद नेपाली खेलकुदको बिकासका लागि गैर आवाशिय नेपाली संघ (एआरएन) को भूमिकालाई जोडन तयार रहेको बताएका छन ।
गैर आवाशिय संघ (एनआरएन) यूवा फोरम द्वारा पोखरामा पहिलो पटक आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपालको बिकास र समृद्धीका लागि एनआरएनको भूमिका महत्वपूर्ण रहेकोले राखेप सहकार्य गर्न तयार रहेको बताउँदै भने–‘नेपाली खेलकुदलाई एनआरएनले विश्व रंगमचमा पुर्याउन एकिकृत र संगठित रुपमा गरेको प्रयास प्रशंसनिय छ ।’

नेपाली खेलकुद र खेलाडीका लागि प्रमुख आवश्यक्ता रहेको पूर्वाघार निर्माण, विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता र विदेशी भूमिमा प्रशिक्षणको व्यवस्था मिलाउन एनआरएनले विशेष भूमिका खेल्ने सक्ने बताउँदै सदस्य सचिब सिलवालले सबै प्रकारका सम्भावनाका खोजी परिणाम सहित निकाल्ने गरि सहकार्य गर्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले विदेशी भूमिमा नेपालीहरुले खेलकुदमा देखाएको दक्षतालाई नेपालले कसरी फाइदा लिने भन्ने बारे समेत खोजी सुरू भएको उल्लेल गरे ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश सांसद तथा विधायन समितीका सभापती मोहन रेग्मीले गण्डकी प्रदेशको समृद्धीका लागि प्रदेश सरकारले एनआरएनको भूमिकालाई विशेष प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै खेलकुद बिकासमा समेत एनआरएनको भूमिकालाई जोड्न अपरिहार्य रहेको बताए ।
गैर आवाशिय संघ (एनआरएन) खेलकुद एकेडेमीका अध्यक्ष तथा एनआरएन यूवा संयोजक हिमाल गुरुङले एनआरएनले दोश्रो पुस्ताका यूवालाई खेलकुद मार्पmत अगाडी बढाउन विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको बताए । मातृभूमीलाई खेलकुद मार्फत जोडन तथा विश्वभर छरिएर पलायन भएका खेलाडी तथा प्रशिक्षकलाई एउटै मंचमा ल्याउन एनआएनले छिट्टैनै क्षेत्रिय भेला तथा कार्यक्रमहरु अगाडी बढाउने बताए ।
कार्यक्रममा एनआरएन यूथ फोरमका संचिब श्रिराम घिमिरेले विदेशमा छरिएर रहेका नेपाली यूवाहरुलाई खेल तर्फ आर्कषित गरि भोलीका दिनमा नेपाली झण्डा लिएर ओलोम्पिको ऐरिनामा उर्ताने गरि यूथ फोरमले आफ्नो अभियान अगाडी बढाएको बताए । १३ औं सागमा समेत दुई जना एनआरएन यूवा टेनिसका संरक्षण भूषण बर्जाचार्य र पौडीका दोर्ज नारायण शेर्पा सहभागी भएको जानकारी दिंदै नवौ राष्ट्रिय खेलकुदमा समेत अझै धेरै एनआरएन यूवाहरुलाई सहभागिता गराउने उनले बताए ।
कार्यक्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, राखेप प्रशासकिय प्रमुख कुल बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।
