
पोखरा स्पोर्ट्स । पूर्व मन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले मिक्स्ड मार्शल आर्ट्स (एमएमए) का प्रशिक्षक राहुल मोक्तानलाई बिदाइ गरेका छन् ।
यहि अगस्ट २५ देखि २७, २०२५ सम्म बहराइनको मनामा शहरमा आयोजना हुने पहिलो एमएमए कोचिङ कोर्समा सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उक्त कोर्स ओलम्पिक काउन्सिल अफ एशिया एमएमएको विकास कार्यक्रम अन्तर्गत आयोजना हुँदैछ।
एनओसी अध्यक्ष श्रेष्ठले मोक्तानलाई सफलताको शुभकामना दिँदै उक्त विकास कार्यक्रमले राष्ट्रिय एमएमए महासंघको भविष्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष सम्राट कुसारीको उपस्थिति रहेको थियो।
