साग तयारी टोलीले गर्यो पूर्वाधारको निरिक्षण, समयमा काम सक्न मन्त्रि विश्वकर्माको निर्देशन

पोखरा, यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा (सुनार) सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देबी पुन सहितको टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित पोखरा रंगशालाका विभिन्न निर्मााधिन भौतिक पूर्वाधारको निरिक्षण गरेको छ ।

मन्त्रि विश्वकर्मा सहितको टोलीले पोखरा रंगशाला स्थित साग पूर्वाधार मध्ये फुटबल खेल मैदान, ह्याण्डबल एकेडेमी, बहुउद्धेश्यिय कभर्ड हल, क्रिकेट खेल मैदान, आर्चरी खेल मैदानको निरिक्षण गरेको थियो भने त्यस बाहेक निर्माणाधिन टेनिस कोर्ट र स्क्वायस कोर्टको समेत निरिक्षण गरि साग अगावै सबै काम सक्न प्राविधिकरुलाई निर्देशन समेत दिएको छ । यसै गरि सागमा आयोजना हुने पोखरा बाराही घाटको बिच भलिबल कोर्ट र भारोत्तोलन आयोजना हुने पोखरा १२ स्थित केसी क्याटरिङको समेत निरिक्षण गरेको छ ।

निरिक्षणका क्रममा मन्त्रि विश्वकर्माले अस्थाई प्रकतीका पूर्वाधार बनाउँदा कम लागत र पारदर्शितामा ध्यान दिन सबै संघका प्रतिनिधीहरुलाई आग्रह गरेका छन ।

यस अघि मुख्य रुपमा रहेको फुटबल स्टेडियमको निरिक्षणका क्रममा स्टोडियम बनाउने जिम्मा पाएको एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस प्रालीका प्रतिनिधिीहरु संग मन्त्रि विश्वकर्मा सहितको टोलीले भेट गरि तोकिएको समयमा काम सक्न निर्देशन दिएको छ । सो अवसरमा निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले मन्त्रि विश्वकर्मा र सदस्य सचिब सिलवाल सहितको टोलीलाई रंगशालाका बारेमा जानकारी दिंदैं नोभेम्बरको दोश्रो साता सम्म ८–१० हजार सिट क्षमताको रंगशाला तयार भइसक्ने बताए ।

सो अवसरमा ग्रेट स्पोर्टसका प्रतिनिधी सन्दिप सिंहले फ्रान्स बाट भारतको विशाखापट्नममा आइपुग्ने सामानलाई यथासिघ्र नेपाल ल्याउन पहल गर्न मन्त्रि विश्वकर्मा संग आग्रह गरेका थिए । उनले भने–‘जति सक्यो छिटो सामान आउँछ हामी त्यती नै छिटो काम सक्छौं ।’ उनले यति बेला ट्रयाकको सामाग्री सबै नेपालमा आइसकेकोले एक साता भित्र काम सक्ने साग टोली समक्ष जानकारी गराएका थिए । ‘हामी यति बेला पिचको लेभलिङको काम हेर्दैछौं काम सकिने वित्तिकै ट्रयाकको काम सुरू गर्नेछौं ।’ उनले सबै काम तोकिएको समयमानै सकिने भन्दै मन्त्रि सहितको टोलीलाई आश्वास्त पारेका थिए ।

यसै गरि क्रिकेट खेल मैदानको अवस्थामा नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जानकारी गराएका थिए । सो अवसरमा प्रशिक्षक टमटाले मैदानमा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै मैदान भित्र भिआइपी, मिडिया र प्लेयर बक्स सहित अस्थाई रुपमा सात वटा बक्सहरु बनाउनु पर्ने जानकारी दिए । यसका साथै अस्थाई प्रकारका शौचालयहरुको निर्माण गर्न समेत मन्त्रि विश्वकर्माले निर्देशन दिएका छन । मन्त्रि विश्वकर्माले भने–‘जे निर्माण गर्नुपर्छ गनुहोस सकभर कम खर्च र पारदर्शितालाई ध्यान दिनुहोला ।’

काठमाण्डौ बाट आएको मन्त्रि विश्वकर्मा सहितको टोलीले आजनै लामाचौर स्थित गोस्ते घाटको फुटबल मैदान, ह्याङजा स्थित गौरीशंकर खेलमैदान र क्रिकेट प्रशिक्षणका लागि पोखरा वडा नं १ नदिपुर स्थित क्रिकेट खेल मैदानको समेत निरिक्षण गरेको छ ।

मन्त्रि विश्वकर्माले प्राविधिकहरुलाई भोली (विहिबार) आफूहरु काठमाण्डौ फर्कनु अगावै सबै काम सक्ने गरि साग पूर्वाधारका लागि आवश्यक बजेट बनाई यथासिघ्र पेश गर्न प्राविधिक टोलीलाई निर्देशन समेत दिएका छन ।

गण्डकी प्रदेश सांसद तथा साग तयारी समितीका सदस्य मोहन रेग्मी, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, राखेप विभागिय प्रमुख कुल बहादुर थापा, साग तयारी समिती पोखराका सदस्य तेज गुरुङ, राखेप प्रचार प्रशार प्रमुख दुर्गा दुलाल सहितको टोलीले निरिक्षण गरेको गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close