गण्डकी प्रदेश क्रिकेट : खत्रीको घातक बलिङ्गमा कास्की ३१ रनले विजयी

पोखरा स्पोर्टस । दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ ।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।

पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो । खत्रिले आफ्नों कोटाको पुरै १० ओभरमा  ५ मेडन सहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए । तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।

यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए । तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए ।

खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार वद्री विनोद प्रतिक, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषीराम गौतम, प्रदेश अध्यक्ष देवेन्सन प्रजु, सचिब सुमनराज कार्की लगाएतको उपस्थिती रहेको थियो ।

लिग अन्र्तगत बुधबार कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close