
पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबलको पूर्वाधार बनाउन सुरु गरिएको छ ।
पोखराको फेवाताल किनार बाराही घाट स्थित नेपाल ट्रष्टको जग्गामा उक्त पूर्वाधार दुई सातामा काम सक्ने गरि निर्माण सुरु गरिएको हो । विच भलिबल पूर्वाधार निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ५२ लाख रुपैयाँ विनियोजित भएको राखेपका सदस्य राजेश गुरुङले जानकारी दिएका छन । अहिले उपभोक्ता समिती मार्फत काम सुरु गरिएको उनले बताए ।

बन्न लागेको पूर्वाधारमा तिन वटा नयाँ कोर्टहरु तयार हुने राखेप सदस्य गुरुङले बताए । ‘पुरानो सहित अब स्थानमा चार वटा कोर्टहरु तयार हुन्छन’ उनले भने–‘१३ औं सागमा महिला तथा पुरुषको दुबै खेल संचालन गर्न सजिलो हुनेछ ।’
पोखरामा सागको पूर्वाधार लगाएत खेल आयोजनालाई भव्य बनाउन गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, पोखरा महानगर पालिका लगएत अन्य संघ संस्थाहरुले आफ्ना् तर्फ बाट पहल थालीसकेको बताउँदै राखेप सदस्य गुरुङले सबै पोखरेली खेलप्रेमीहरु समेत खेलको भव्य आयोजनाका लागि तयार रहन आग्रह समेत गरे ।

नयाँ कोर्टहरु निर्माणका लागि करिब ५ फिट गहिरो खाल्टो पुर्न गर्न करिब ५ हजार ५ सय घन मिटर माटो लाग्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । ‘आज देखि ५ वटा ट्रिपर बाट फेवाताल सफाई अन्तरगत निकालिएको माटो ओर्सान सुरु गरेका छौं’ अध्यक्ष पराजुलीले भने–‘हामीले तोकेको समयमा काम सक्ने छौं ।’ माटो फिलिङ पछि करिब डेढ फिट बालुवा फिलिङ गरिने छ ।
विच भलिबल नेपालकै मनोरम तथा पर्यटकिए स्थल फेवाताल किनारमा हुने भएकोले निर्माण सम्पन्न पछि पर्यटकले समेत उपयोग गर्नका लागि बिच भलिबल कोर्ट खुला गरिने अध्यक्ष पराजुलीले बताए । उक्त स्थानमा खेलाडी तथा दर्शकका लागि वत्ति, शौचालय चेन्जिङ रुम लगाएत अन्य आवश्यक पूर्वाधार समेत बनाइने उनले बताए ।

१३ औं साग अन्तरगत बिच भलिबलमा सबै साग राष्ट्रका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने छ । साग बिच भलिबल नेपाली राष्ट्रिय टोली एक साता पछि बन्द प्रशिक्षणका लागि पोखरा आइपुग्नेछ । नेपाली टिममा महिला तथा पुरुष गरि ८ जनाको सहभागिता रहेको छ ।
विच भलिबल कोर्ट निर्माण सुरु भए पछि के भन्छन राखेप बोर्ड सदस्य राजेश गुरुङ भिडियो सहित:
