पोखरामा शनिबार हुने ५ किमि छात्र/छात्रा दौडमा ९ सय विद्यार्थीहरु दौडने

पोखरा स्पोर्टस । दौडको आयोजक संस्थाद्वय बगर भाईखलक र दिप युनाइटेडको संयूक्त आयोजनामा पोखरामा भोलि १४ गते शनिबार हुने ५ किमि छात्र/छात्रा दौडमा ९ सय भन्दा वढीले सहभागिता जनाउने भएका छन् ।

 नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा हुने दौडको सम्पूर्ण तयारी पुरा भएको हो ।  १६ वर्ष मुनीका छात्र/छात्रा दौडमा कास्की जिल्ला भित्रका सरकारी तथा निजि बिद्यालयहरु गरी ३० भन्दा वढी विद्यालयहरुका ९ सयले विद्यार्थीहरुले सहभागिता जनाउने भएको आयोजक संस्था बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

ऐतिहासिक खेलमैदान पुरानो टुडिखेल बाट सांस्कृतिक मैदान बाटुलेचौर मैदान सम्म हुने दौड प्रतियोगिता युवा खेलाडीको उत्पादनमा समेत सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको हो । उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने छात्ररछात्रा खेलाडीले जनही क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्रातर्फ ३० जना र छात्रतर्फ ५० जनालाई उनीहरु दौडेको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने छ ।

 प्रतियोगितालाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रतियोगिताको मुख्य संयोजकमा जुम प्रसाद गुरुङको संयोजकत्वमा ११ सदस्यिय उपसमिति गठन गरिएको छ । त्यसै गरी दौडको संयोजकमा जुम गुरुङ, प्राविधिक समितीको सदस्यमा हरि बहादुर बरुवाल र ओम बहादुर गुरुङ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ लाख ७० हजार लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close