
पोखरा,
भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४ औं संस्करण आगामी २०७६ फागुन ३ गते हुने भएको छ ।
मंचको हालै सम्पन्न कार्यसमिती बैठकले बिदाको दिन पारेर पोखरा म्याराथन गर्न लागेको हो । हरेक वर्ष फागुन ७ गते हुने म्याराथनमा विदा नभएको कारणले यस पटक भने विदाको दिन पारेर म्याराथन गर्न लागिएको अध्यक्ष तेज गुरुङले बताएका छन ।
मंचले १४ औं सस्करणको पोखरा म्याराथनलाई भब्य रुपमा सफल बनाउन मंचका उपाध्यक्ष हरि पराजुलीलाई संयोजकमा तोकेको छ ।
