नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटीको घोषणा अध्यक्षमा क्षेत्री

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ पोखरा महानगरपालिका कमिटिको घोषणा गरिएको छ । खेलकुद महासंघले संगठन तिव्रता दिए संगै पोखरा महानगर कमिटी शनिवार पोखरामा आयोजित एक कार्यक्रमका विच घोषणा गरिएको हो ।

घोषित पोखरा महानगर कमिटिको अध्यक्षमा खगेन्द्र क्षेत्री, उपाध्यक्षमा लक्की पुन, सचिवमा सुविन तिमिल्सिना, सहसचिवमा प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा रविन अधिकारी रहेका छन् ।

नेपाल खेलकुद महासंघले पोखरा महानगरका ३३ वटै वडामा संगठन विस्तार गर्ने जनाएको छ । नवगठित कार्यसमितीको सदस्यमा सन्तोष बराल, हरि ढकाल, सुभाष तिमिल्सेना, अर्जुन श्रेष्ठ, दीपेन्द्र लामिछाने, दिनेश थापा, सुरज गुरुङ, विश्वास तामाङ, रुपक नेपाली, तेजबहादुर पुन, सन्देश बस्नेत, नसिब भण्डारी, रमेश पौडेल, निलबहादुर पुन, सि.पि ढुंगाना, रेशम थापा, सागर बस्नेत, चादनी हमाल, अभिषेक गौतम, शिबराज बास्तोला, रबि कुँवर, सूर्य लामा, निराजन वि.क.,प्रदिप पौडेल, प्रमिला सुवेदी, अर्जुन सापकोटा, अञ्जली कोइराला, राजेश तामाङ, नविन नेपाली, नारायण सुनार, सविना बास्तोला, सुवासजंग क्षेत्री, मधु सुवेदी, सवनम सुवेदी, हेममाया लाप्चाङ, विष्णु कार्की, सम्झना नेपाली, लक्ष्मी गुरुङ, अर्जुन ढुंगाना, राजन श्रेष्ठ, पुुरुषोत्तम अधिकराी र जगबहादुर थापा रहेका छन् ।

कमिटि घोषणा कार्यक्रममा वोल्दै पूर्व गृहमन्त्री एवं एमालेका केन्द्रिय सदस्य नेता खगराज अधिकारीले यूवाहरुलाई आफ्नो अमुल्य समय खेर नफाल्न आग्रह गर्दै सिर्जनशिन बनेर खेलको विकास संगै समाजको हितका लागि वातावरण बनाउनु पर्ने बताए । पूर्व मन्त्री अधिकारीले युवाहरुको काँधमा देशको जिम्मेवारी रहेको बताउदै रचनात्मक र सकरात्मक कार्यमा अघि बढेमा यूवाहरुको भविष्य उज्जवल हुने उल्लेख गरे । उनले खेलकुद महासंघलाई हरेक टोल र वडा तह र समाजका निम्न वर्ग सम्म पुर्याउन महासंघ नेतृत्वलाई सुझाव दिए ।

खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले नेपाली खेल क्षेत्रको विकासका लागि खेलकुद महासंघ सधै आवाज उठाइरहेको उल्लेख गर्दै खेलकुदलाई व्यवसायीकरण गर्नुपर्ने धारणा अघि सारे । महासंघले खेलकुद विकासका लागि उठाएका आवाजहरुले गर्दा नै नेपालमा खेलकुद विश्वविद्यालय, खेलाडीको वृती विकास संगै हाइअल्टिच्यूड खेलको विकासका मुद्धाहरुको सुनुवाई भएको बताउँदै भने–“महासंघले खेलाडीको हितमा उठाएका आवाजहरुले गर्दा नै आज सरकारले ति कुराहरु लागु गर्न अघि सरेको छ ।”

खेलकुद विकासका लागि लगानी महत्वपूर्ण हुने बताउँदै अध्यक्ष पौडेलले वार्षिक वजेटको ५ प्रतिशत खेलकुदमा लगानी हुनुपर्ने उल्लेख गर्दै भने–“जव सम्म खेलाडीका लागि छानो, मानो, न्यानो र रोजगारको प्रत्याभूती हुँदैन तव सम्म महासंघ आफ्ना मुद्धाहरुलाई उठाइनै रहनेछ ।” खेलकुदमा लगानी नभएकै कारण अन्तर्राष्ट्रिय एरिनामा नेपालले मेडल ल्याउन नसकेको बताउँदै अध्यक्ष पौडेलले प्रश्न गर्दै भने–“दुनियाँमा बहादुर कहलिएका नेपाली के मेडल ल्याउन सक्दैनन ?” उनले थपे–“लगानी नभएकै कारण खेल क्षेत्र पछि परेको छ हामी यसका लागि आवाज उठाउँछौ हामीलाई साथ दिनुहोस ।”

सो अवसरमा नवगठित महानगर कमिटीले खेलकुद क्षेत्रका पाँच जना व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार र सदस्य सचिब सुभाष खड्का रहेका छन ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष एव गण्डकी प्रदेश सांसद कृष्ण थापाले यूवाहरुलाई नेतृत्वमा आउन आग्रह गरे । सो अवसरमा नेकपा एमाले केन्द्रीय कमिटिका सदस्य भिम कार्की, खेलकुद महासंघका उपाध्यक्ष ओम प्रकाश प्रसाई, उपमहासचिव शान्ता माया परियार, नेकपा एमाले महानगर कमिटि अध्यक्ष दीपक पौडेल, एमाले कास्की सचिव दामोदर बैरागी, युवा संघ केन्द्रीय सदस्य विष्णु पुन लागयतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close