
पोखरा स्पोर्टस । चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारर्थ राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य चन्द्रा बन्दना राईलाई राखेप सदस्यहरुले भेट गरेका छन ।
करिव दुई साता अघि उपचारका लागि भर्ना हुनुभएकी राखेप सदस्य राइको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राखेपका सदस्यहरु सम्पन्न श्रेष्ठ, गोविन्द भट्टराई, शुवास श्रेष्ठ र सुवर्ण श्रेष्ठ चितवन पुग्नु भएको थियो । उहाँ संगको भेट पछि पोखरा स्पोर्टस संग कुरा गर्दै राखेप सदस्य सम्पन्न श्रेष्ठले उहाँको स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताउनुभयो ।
राखेप सदस्य श्रेष्ठले भन्नुभयो–“उहाँको शल्यक्रिया समेत सफल भएको र अन्य स्वास्थ्य सम्वन्धी सवै रिपोर्टहरु समेत राम्रो देखिएको छ ।” भेट पछी उहाहरुले सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । राखेप सदस्य तथा भलिवलकी नेपालकी एक मात्र महिला अन्तर्राष्ट्रिय रेफ्री समेत रहनुभएकी राईको पाठेघरमा क्यान्सर देखिएपछि गत मंसिर १७ गतेबाट अस्पतालमा भर्ना हुनु भएको थियो ।
