अहिले नै सम्मान नगर्न सदस्य–सचिव सिलवालको आग्रह

पोखरा, ११ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई अहिले नै सम्मान नगर्न आग्रह गरेका छन् । नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

आफू नियूक्त भएको १८ दिन मात्रै भएको बताउँदे सदस्य सचिब सिलवालले अहिले सम्मान गर्न लायक कुनै काम गरेको नगरेको बताए । उनले भने–‘नियुक्त भएकै कारण सम्मान गरि हाल्नु पर्दैन ।’ सदस्य–सचिव सिलवालले भने ‘मेरो कार्याकाल चार वर्षको हो, यो अवधिमा म सम्मान गर्न लायक काम गरे भने सम्मान गर्नुस, काम गर्न सकिन भने लायकको अगाडि ‘ना’ थपिदए हुन्छ उनले भने– ‘बधाइ तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ, यसलाई म स्वीकार गर्छु ।’

सदस्य–सचिव सिलवालले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने भएकाले शिक्षा र खेलकुदलाई संगैसंगै लानु पर्नेमा जोड दिदै नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइ रहेको बताए ।

कार्यक्रममा उमा कुङफु संघ अध्यक्ष सिद्धार्थ लामा र टग अफ वार संघका अध्यक्ष भावनीप्रसाद पौडेलले सदस्य–सचिव सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा उमा कुङफु संघले आफ्ना संस्थापक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close