
पोखरा स्पोर्टस । पोखरामा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो)ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो)लाई ५०–२२ ले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो)लाई ४६–४२ अङ्कले पराजित गरेको छ ।
यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५० –३० पराजित गर्दा चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले र पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित गरेको छ ।
छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित ग¥यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीफ प्लेयर, बेस्ट अफेन्सीफ प्लेयर र एमभिपीलाई नगद रु एक हजार ५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीफ प्लेयर र एमभिपीलाई नगद रु समान एक हजार ५ सय पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
