
पोखरा, ९ असार । नेपालका समीर खड्गीले म्यानमारमा हुने दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको नेपाली टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समीरले १४ वर्षमुनि उमेर समूहको क्वाटरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए ।
त्यस अघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएको थिए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेलले जानकारी दिए । समीरले यसअघि नेपालमै भएको जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले सोही किसिमको लय अन्तर्राष्ट्रियस्तरमा पनि दोहो¥याउँदा पदक दिलाउन सफल भएको नेपाली टोलीका नेतृत्व राजकुमार गुरुङले बताए ।
नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदक विहीन भए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेल छन् । सोही च्याम्पियनसिप पश्चात् नेपाली टोलीका प्रमुख गुरुङले मंगलबार देखि अन्तर्राष्ट्रिय पाँचौं डानको डान परीक्षा समेत दिने भएका छन् ।
