राखेपमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । तीनै विभागीय प्रमुखले मंगलबार कार्यभार सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close