
पोखरा ११ बैशाख । नेपालका तीन जना खेलाडीले सन्यास लिएका छन् । राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रदेश नं ३ बाट ह्याण्डबल खेलेका अमर श्रेष्ठ सहित तीन जनाले सन्यास लिएका हुन् । श्रेष्ठले लामो समय सम्म नेपाली सेनाको त्रिभुवन क्लब बाट खेल्दै आएका थिए ।
कार्यक्रममा लामो समय ह्याण्डबल खेल खेलेर खेलकुदमा योगदान पु¥याएको भन्दै खेलाडी श्रेष्ठ सहित राजिनकुमार सिजापति, अभयलाल श्रेष्ठ र दिनेशकुमार बिष्टलाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो ।
खेलमा महिला, पुरुष दुवैतर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार वितरण गरियो । महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफकी बन्दना राई उत्कृष्ट खेलाडी बनिन् ।
त्यस्तै, विभागीय एपीएफकै सन्दीप कार्की पुरुषतर्फको उत्कृष्ट खेलाडी बने । महिलातर्फ विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीकी कविता राई र गण्डकी प्रदेशका सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।
प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ त्रिभुवन आर्मीले स्वर्ण पदक ल्याउदा एपिएफले दुबै विधामा रजत पदक प्राप्त गरेको थियो । गण्डकी प्रदेशको ह्याण्डवलको टोली बुधबार पोखरा फर्किएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
