एआइपिएस एसिया र होटल संघ-हान बीच सम्झौता

पोखरा स्पोर्टस । एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसिया र होटल एसोसिएसन अफ नेपाल (हान) बीच सहमति भएको छ । 

एआइपिएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआइपिएस एसियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले उक्त सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार, एआइपिएस एसियाका एक हजारभन्दा बढी सदस्य पत्रकारहरूले नेपाल भ्रमण गर्दा होटेल सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।

यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङलाई नेपालको सदभावना दूतको रूपमा नियुक्त गरेको छ ।
तस्बिरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close