पौडीमा नासिर र डुवानाद्वारा नयाँ किर्तिमान कायम

पोखरा स्पोर्टस । नेपाल पौडी संघको आयोजनामा भएको १० औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन् ।

नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको किर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यसैगरि नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१ औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ किर्तिमान कायम गरेका छन् ।

यस्तै डुवानाले आफैले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ किर्तिमान कायम गरेकी हुन् ।

यस अघि हिट चरणमा यस्तै तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९ औं एन.एस.ए. कप २०१९ मा राखेको १ मिनट ८.२५ सेकेन्डको किर्तिमानमा सुधार गर्दै १ मिनट ५.८७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । यस विधामा नासिरले पनि १ मिनट ५.९९ सेकेन्डका साथ किर्तिमान भंग गरेता पनि अन्तिम किर्तिमान तेन्जिनको नाममा नै रह्यो । डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ किर्तिमान कायम गरेकी हुन् ।

निसर्ग बाटिका स्कुल टिम च्याम्पियन
निसर्ग बाटिका स्कुल १० औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जेल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close