वेस्ट इन्डिजविरुद्ध इङल्याण्डको लगातार दोस्रो जित

पोखरा स्पोर्टस । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई ३ विकेटले पराजित गरेको हो ।

वेस्ट इण्डिजले दिएको ३०९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४८.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो ।

इङल्याण्डको जितमा जो रुटले अविजित १६६ रनको शानदार इनिंग खेलेका थिए । त्यस्तै विल ज्याकले ४९ र कप्तान ह्यारी ब्रुकले ४७ रन बनाएका थिए । त्यस्तै वेस्ट इण्डिजका बलर अल्जारी जोसेपले ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले किसी कार्टीको १०३ रनको शतकीय पारी र कप्तान शाइ होपको ७८ रनको मद्धतले ४७.४ ओभरमा अल आउट हुदै ३०८ रन बनाएको थियो । त्यस्तै इङल्याण्डका बलर अदिल राशिदले ४ र सकिब महमूदले ३ विकेट लिएका थिए ।

यो जितपछि इङल्याण्डले ३ खेलको सिरिज एक खेल अगाडीनै जितेको छ । इङल्याण्डले यसअघि पहिलो खेल २३८ रनको फराकिलो अन्तरले जितेको थियो । अब सिरिजको तेस्रो खेल मंगलबार हुदैछ ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close