खेलाडीलाई ‘डाइट’, कहिं कतै बाट पाएनौ आफै ब्यवस्था मिलायौं !

केशब पाठक,
पोखरा, १९ चैत । प्रदेश ५ को नेपालगञ्जमा यहि बैशाख ५ गते देखि शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरु पदक जित्न कम्मर कसेर प्रशिक्षणमा व्यस्त छन ।

पोखरा रंगशालामा गण्डकी प्रदेशबाट छनौटमा परेका खेलाडीहरु मार्शल आर्ट देखि सबै खेलमा पदक जित्न विहानै देखि आइपुग्छन । खेलाडीलाई आफ्नो जिवनको महत्वपूर्ण छण नै पदक पहिरिएर ‘भिक्ट्री स्टाण्ड’मा उभिनु पनि हो ।

तर जित त्यसै हासिल हुँदैन । एक उत्कृष्ट खेलाडी हुनलाई प्रशिक्षणका अलवा डाइट अर्थात पौष्टिक आहार उत्तिकै महत्वपूर्ण हुन्छ । खेलाडीले पदक जित्न स्वस्थकर हुन आवश्यक हुन्छ । चिकित्सकहरुको सल्लाह उसको मष्तिस्कको सन्तुलन सबै कुराले प्रभाव पार्छ । तर अहिले प्रशिक्षणमा व्यस्त खेलाडीहरुलाई डाइट भनेको आकाशको फल जस्तै भएको छ ।

तर गण्डकी प्रदेश बाट छनौटमा परेका फुल कन्ट्याक्ट करातेका खेलाडीलाई भने स्वयसेवी प्रशिक्षकहरुले आफ्नो तर्फ बाट डाइटको व्यवस्था गरेका छन । गण्डकी बाट विभिन्न तौल समुहमा महिला र पुरुष खेलाडी गरि १० जना छन । उनीहरु एक महिना देखि मुख्य प्रशिक्षक शिव गुरुङ र सहायक प्रशिक्षक सुवाश थापाले प्रशिक्षण दिइरहेका छन ।

एक महिने बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सिनिएर खेलाडी र प्रशिक्षकहरु मिलेर व्यक्तिगत रुपमा नै डाइटको व्यवस्था गरेका छन । यस्तो व्यवस्था मिलाउने प्रशिक्षकहरुमा हरि खडका, सुबाश खडका, चित्रान थापा, सागर गिरी र चन्द्र गुरुङ रहेका छन । पकाउने ब्यवस्था लागि मुख्य प्रशिक्षक दिपक बहादुर गोदारले ग्यास र चुल्हो उपलव्ध गराएका छन ।

खेलाडीहरु प्रशिक्षणमा आए पछि अण्डा वोयल गर्ने चना पकाउने र प्रशिक्षणलाई थाती राखेर डाइट खाने । खेलाडीलाई ति सामाग्री बाहेक फलफुल र अन्य पौष्टिक आहार पनि दिने गरिएको मुख्य प्रशिक्षक तथा सहयोगी दिपक बहादुर गोदारले बतालाई थाती राखेर डाइट खाने । खेलाडीलाई ति सामाग्री बाहेक फलफुल र अन्य पौष्टिक आहार पनि दिने गरिएको मुख्य प्रशिक्षक तथा सहयोगी दिपक बहादुर गोदारले बताए । ‘१५ दिन भयो खेलाडीलाई हामीले डाइट दिन थालेको, अझै १५ दिन हामी उनीहरुलाई यो व्यवस्था गर्छौ’–गोदारले भने ।

खेलाडीलाई आवश्यक पर्ने डाइटको वयवस्था कहिं कतै बाट नभएपछि आफैले सुरु गरेको प्रशिक्षक हरि खडकाले बताए । उनले भने–‘हामीले गण्डकी प्रदेशका लागि पदक जित्नु छ, त्यसका लागि खेलाडीलाई हौसला दिन पनि यो व्यवस्था गरेका हौं ।’ यो व्यवस्था पछि खेलाडीहरु निकै खुसी भएको र प्रशिक्षण पनि नियमित भएको उनले बताए ।

गण्डकी प्रदेश बाट फुल कन्ट्याक्ट करातेमा महिला तर्फ खुल्लामा शुष्मी श्रेष्ठ, ६० केजी तौलमा प्रिज्मा कुवर, ५५ केजीमा यूनिका शेरचन र ५० केजीमा सरगम कुमाल भिड्दैछन । खुल्ला तर्फकी श्रेष्ठ हालै यूरोपियन च्याम्यिनशिपमा कास्य पदक जितेकी थिइन । यता पुरुष तर्फ खुल्लामा रुपक नेपाली, ६५ केजी तौलमा गोविन्द रोक्का, ६० केजीमा यूशुन थापा मगर, ५५ केजीमा जिवन गुरुङ, ५० मा रमन सिन्जाली र ४५ मुनी तौलमा रोशन थापा मगर भिड्ने भएका छन ।

फुल कन्ट्याक्ट करातेका लागि केही सहयोगी र प्रशिक्षकहरुले शुरु गरेको यो अभियान उदाहरणिय छ । तर नेपाली खेलकुदले जसरी फड्को मार्नु पर्दथ्यो त्यो हुन सकेको छैन । पक्कै पनि निती निर्माण तहमा नै यसका कमिकमजोरीहरु खोज्दै नेपाली खेलकुदलाई २१ औं शताब्दीको विश्व खेलकुद मार्गमा डोर्याउन भने आवश्यक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close