पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा, उपचार पछि फिर्ता

पोखरा, १४ चैत । पोखराको एक ब्यबसायिक प्याराग्लाइडिङ उडान (टेन्डम) दर्घटना हुँदा एक चिनिया पर्यटक घाइते भएको प्रदेश नं ४ प्रहरी उपरिक्षक गोबिन्द पुरीले जाकारी दिएका छन ।

पोखरा महानगरपालिका १८ सराङ्कोट गोठादी बाट उडेको हिमालयन फ्रन्टीएर कम्पनीको टेन्डम फ्लाइट महेन्द्र नेपालीले चलाएका थिए । उड्ने क्रममा हावामा नै क्रयाश् भएपछि पाइलटले शुरक्षित अवतरण गराउन खोज्दा रुखमा अडकिएको उक्त कम्पनीका संचालक शैलेन्द राउतले बताए ।

राउतका अनुसार अनुभवी पाइलट भएका कारण ठूलो दुर्घटना नभएको तर ताङ फुरोङ नाम भएकी महिला पर्यटक सामान्य घाइते भएकी र मेट्रो सिटी अस्पतालमा उपचार पछि फर्काइयो बताए । तर उक्त घटनामा पाइलट नेपाली भने शुरक्षित रहेका राउतले जानकारी दिए ।  प्रहरीले यस बारे थप अनुशन्धान समेत गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close